२०७७, ९ कार्तिक आईतवार १६:५३

नबिल बैंकका पूर्व अध्यक्ष पौडेलको कोरोना संक्रमणबाट निधन


प्रकाशित मिति : २०७७, ९ कार्तिक आईतवार १६:५३

काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ।

ह्याम्स अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो।

पौडेल नबिलमा २०४२ सालदेखि अनवरत संचालक समितिमा थिए। पौडेलको पदावधि सकिएपछि केही समय अघि मात्रै नबिलबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस