१४ जेष्ठ २०८०, आईतवार

वीरगन्ज महानगरपालिकाको प्रमुखमा फोरम र उपप्रमुखमा काँग्रेस विजयी

२०७४,आश्विन,११,बुधबार १४:३६

9
Shares

 पर्सा, ११ असोज – वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।आज अपराह्न सम्पन्न भएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुख पदमा फोरमका उम्मेदवार विजय कुमार सरावगी १९ हजार ३९३ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १९७ मत हासिल गरेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका शान्ति कार्की १९ हजार ६०७ मत हासिल गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरमका पिन्की यादवले १८ हजार ५३० मत हासिल गरेकी छन् ।वीरगन्ज महानगरपालिकाको ३२ वडामध्ये फोरम १२, काँग्रेस १०, नेकपा एमाले ५, राजपा नेपाल ३, नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिक १÷१ स्थानमा वडा अध्यक्षमा निर्वाचत भएको निर्वाचन कार्यालयले जनाएको छ ।स्थानीय तह तेस्रो चरण निर्वाचनका लागि असोज २ गते भएको मतदानमा वीरगन्ज महानगरपालिकामा ८४ हजार १६० मत खसेको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १४:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९