काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । त्यस्तै ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ८४७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ । यो कुल संक्रमितको ७०.६ प्रतिशत हो ।
त्यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ जना संक्रमित थपिएका छन्। जसमध्ये ६२९ जना महिला र ९०६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमितको कुल संख्या हालको अवस्थामा ४५ हजार ५७२ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ३११ वटा परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ६४ रहेको छ भने आइसीयूमा २७७ जना रहेका छन् भने भेन्टिलेटरमा ६६ जनाको उपचार भईरहेको छ । होमआइसोलेसनमा ३२ हजार ५९३ जना रहेका छन् ।
नेपालका झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १६ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै मुस्ताङमा हालको अवस्थामा सक्रिय संक्रमित छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया