गायक पृथ्वी खनालको मलमल कुर्तावाली सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत मलमल कुर्तावाली सार्वजनिक भएको छ ।

विजया दशमी तथा शुभ दिपावली एवं छठ पर्वको अवसरमा पृथ्वी खनाल र मेचु धिमालको स्वरमा रहेको मलमल कुर्तावाली बोलको गीत सार्वजनिक भएको हो ।

गीत गायक खनालकै युट्यूब च्यानल पृथ्वी खनालबाट सार्वजनिक भएको हो । गीतको म्यूजिक करण राज कार्कीले दिएका छन् भने लिरिक्स लेखु सहयात्रीको रहेको छ ।

रेकर्ड राजेश श्रेष्ठले गरेका हुन् भने निर्माण ग्रिष्मा भट्ट र गिरिश भट्टले गरेका हुन् ।

त्यस्तै भिडियो सम्पादन अनिल के मानन्धरको रहेको छ भने ड्रोनबाट भिडियोको सहयोग अविनाश मानन्धरले गरेका छन् ।

https://www.youtube.com/watch?v=Nmd6Xwh0GrQ&feature=youtu.be&fbclid=IwAR2PMWcFxpX9rBE0_IDFPovzBzHkM215I6G5dlAgYYRt7ytmnzP3L0K3j-A

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?