काठमाडौं । आईपीएलको १३ औँ सीजनमा आज आईतवार डबल हेडर रहेको छ ।
पहिलो खेलमा दिउँसो पौने ४ बजे रोयल च्यालेन्जर्स ब्यांग्लोर र चेन्नई सुपरकिंग्स भिड्दै छन् भने साँझ पौने ८ बजे राजस्थान रोयल्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।
सीजनको ४४ औँ म्याचमा विराट कोहलीको कप्तानीमा ब्यांलेर र महेन्द्र सिंह धोनीके कप्तानीमा चेन्नई सुपरकिंग्स भिड्दैछन् ।
ब्यांग्लोर यो खेल जितेर प्लेअफमा आफूलाई सुरक्षित गर्न चाहान्छ । त्यस्तै चेन्नई म्याच जित्दै अंक तालिकामा आफ्नो स्थिती सुधार गर्न चाहान्छ ।
त्यस्तै ४५ औँ म्याचमा राजस्थानले अंक तालिकाको शीर्ष स्थानमा रहेको मुम्बईसँग भिड्दैछ ।
मुम्बई यो खेल जितेर प्लेअफमा आफ्नो सिट सुरक्षित गर्न चाहान्छ भने टूर्नामेण्टमा रहिराख्नको लागि राजस्थानलाई यो म्याच जसरी पनि जित्नै पर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया