काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ११ लाख ५४ हजार ७६१ जनाको मृत्यु भईसकेको छ भने ४ करोड २९ लाख २४ हजार ५३३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड १६ लाख ६६ हजार ६८३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७७ हजार १९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १८ हजार ५६७ जनाको मृत्यु भईसकेको छ भने ७८ लाख ६३ हजार ८९२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७० लाख ७५ हजार ७२३ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ६९ हजार ६०२ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार मात्रै ५० हजार २२४ जनालाई संक्रमण भएको छ भने ५७५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया