७ चैत्र २०७९, मंगलवार

१३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

२०७४,आश्विन,११,बुधबार १४:३०

0
Shares

काठमाडौँ, ११ असोज – यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपराह्न प्राप्त विवरणअनुसार अब राजविराज नगरपालिकाको मात्र अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।राजविराज नगरपालिकाका १६ मध्ये १४ वटा वडाको मतगणना सम्पन्न भएको छ । बाँकी दुई वटा वडाको आजै बेलुकासम्ममा मतगणना सकिने जानकारी प्राप्त भएको छ । स्थानीय तहका एक हजार २७१ वडामध्ये हालसम्म एक हजार २७९ वडाको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४०, नेकपा (एमाले)का १८, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय जनता पार्टी नेपालका २४, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका तीन, नेपाली जनता दलका दुई र नयाँ शक्ति पार्टीका उम्मेदवार एक स्थानमा विजयी भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १४:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले

काठमाडौं । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को निर्वाचन हुने भएको छ ।

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८