ललितपुरमा ७ हजार भन्दा धेरैलाई संक्रमण, कतिको भयो अहिलेसम्म मृत्यु ?

काठमाडौं । ललितपुरमा हालसम्म ७ हजार ७३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ५४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । त्यहाँ सक्रिय संक्रमितको संख्या २ हजार ५३३ रहेको छ ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । त्यस्तै १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ८४२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । यो कुल संक्रमितको ६९.८ प्रतिशत हो ।

त्यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना संक्रमित थपिएका छन्। जसमध्ये ४२९ जना महिला र ६८१ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा सक्रिय संक्रमितको कुल संख्या हालको अवस्थामा ४६ हजार ५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार ८४६ वटा पिसिआर परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ रहेको छ भने आइसीयूमा ३०७ जना रहेका छन् भने भेन्टिलेटरमा ७० जनाको उपचार भईरहेको छ ।

नेपालका झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १५ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै मुस्ताङमा हालको अवस्थामा सक्रिय संक्रमित छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?