काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । त्यस्तै १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ८४२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । यो कुल संक्रमितको ६९.८ प्रतिशत हो ।
त्यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना संक्रमित थपिएका छन्। जसमध्ये ४२९ जना महिला र ६८१ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमितको कुल संख्या हालको अवस्थामा ४६ हजार ५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार ८४६ वटा परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ रहेको छ भने आइसीयूमा ३०७ जना रहेका छन् भने भेन्टिलेटरमा ७० जनाको उपचार भईरहेको छ ।
नेपालका झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १५ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै मुस्ताङमा हालको अवस्थामा सक्रिय संक्रमित छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया