दशैंमा कुन बैंकको कस्तो अफर ?

काठमाडौं । बडादशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहक वर्गलाई दशैंमा छुट्टा-छुट्टै अफरहरु सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष दशैं तिहारको समयलाई लक्षित गर्दै विभिन्न वित्तीय संस्थाहरुले आफ्ना ग्रहकहरुलाई विभिन्न योजना सार्वजनिक गर्ने गरेका छन् । विगतको वर्ष भन्दा यस वर्ष भने अनलाइन प्रणालीलाई विषेश प्रथमिकतामा राखिएको छ ।

कुन बैंकले कस्तो योजना ल्याएको छ ?

एन आई सी एशिया बैंक

एन आई सी एशिया बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने व्यवस्था गरेको छ । नेपालको डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ ।

आर्के, एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको अवस्थामा आफ्नो एन आई सी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना पनि ल्याएको छ । उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउँदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरुका साथै अन्य महानुभावहरुले पनि लाभ उठाउन सक्ने छन् ।

साथै, यस चाडपर्वको समयमा ‘डिजिटल उत्सव’ योजना पनि सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्ने छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुविधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरेको छ । यस सम्झौता अन्र्तगत ग्राहक महानुभावहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नुहुनेछ । चेक र ब्त्ः को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

माछापुच्छ्र्रे बैंक

माछापुच्छ्र्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना संचालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो । उक्त अफर योजना अन्तर्गत ग्राहकहरुले माछापुच्छ्र्रे बैंकको डेविटकार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा २०० रुपैयँ सम्मको क्यास व्याक अफर प्राप्त गर्न सकिने छ । बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागि भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा २०० रुपैयाँ बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्ने हुनु पर्ने बताएको छ । कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।

सिटिजन्स् बैंक

सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिटरक्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् । यो योजना यही कात्तिक ६ गते सम्म लागू हुने छ । नजिकिँदै गरेको महान चाड दशैलाई लक्षित गरि ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सेन्चुरी रेमिट युएई

सेन्चुरी बैक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् । योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ । योजनमा सहभागीमध्येबाट बजेताले ६ वटा स्मार्ट फोन र ४ वटा फिल्पिस ब्राण्डको ३२ इन्चको एलइडी टेलिभिजन उपहार पाउने सेन्चुरी रेमिट युएईले जानकारी दिए ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दशैंलाई लक्षित गर्दै मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएका हो । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डूले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । यस योजना अनुसार ग्राहकले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १००० रुपैयाँ वा सो भन्दा बढि भएमा ३०० रुपैयाँ नगद उपहार लागि ग्राहक महानुभावहरु योग्य हुनेछन् । यस योजनामा सहभागी हुनको लागि ग्राहकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ, रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक-फरक हुनुपर्नेछ, उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा १००० रुपैयाँ वा सो भन्दा बढी हुनुपर्नेछ । यसका साथै ग्राहकले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङमा भएको फोनपे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, दक्षिणा कारोबारको विवरणमा दक्षिण राख्नुपर्नेछ ।

मेगा बैंक

मेगा बैंक नेपालले दशैंमा दक्षिणा दिनका लागि नयाँ स्किम सार्वजनिक गरेको छ । बैंकले कोरोना महामारीको संक्रमणलाई कम गर्नका लागि डिजिटल ‘तीनमा तीन सय’ नामक स्किम ल्याएको हो । कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउने बैंकले जनाएको छ । त्यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ । दक्षिणावापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ क्यासब्याक’ को व्यवस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस) मा ‘दक्षिणा’ भनी लेख्नु पर्ने बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?