चर्च भवन भत्किँदा २२ जनाको मृत्यु

अबुजा। चर्च रहेको भवन भत्किँत्कदा शुक्रवार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

भत्कीएको भवन छ तले रहेको थियो । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ ।

शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?