तिहारको गीत ’नरुनु है बैनी’ सार्वजनिक

काठमाडौं । प्रदीप घिमिरेको निर्देशनमा तयार भएको तिहार गीत ’नरुनु है बैनी’ सार्वजनिक भएको छ।

विदेशमा भएका दाजु र स्वदेशमै भएकी बहिनीले टाढा भएर तिहार मान्न नपाउँदाको दुखलाई विषयवस्तु बनाइएको यो गीतको भिडियोमा नरेन खड्का र नाग्मा श्रेष्ठको अभिनय रहेको छ । त्यस्तै डीबी लामाले गीतलाई संगीत दिएका छन् ।

दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रविण बेदवाल र मेचु धिमालको स्वर छ । कोरोना महामारीको चुनौतीका बाबजुद छायाङ्कन गरिएको ’नरुनु है बैनी’ आज डीफोर क्रिएसनको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?