२४ माघ २०७९, मंगलवार

१३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

२०७४,आश्विन,११,बुधबार १४:३०

0
Shares

काठमाडौँ, ११ असोज – यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपराह्न प्राप्त विवरणअनुसार अब राजविराज नगरपालिकाको मात्र अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।राजविराज नगरपालिकाका १६ मध्ये १४ वटा वडाको मतगणना सम्पन्न भएको छ । बाँकी दुई वटा वडाको आजै बेलुकासम्ममा मतगणना सकिने जानकारी प्राप्त भएको छ । स्थानीय तहका एक हजार २७१ वडामध्ये हालसम्म एक हजार २७९ वडाको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४०, नेकपा (एमाले)का १८, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय जनता पार्टी नेपालका २४, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका तीन, नेपाली जनता दलका दुई र नयाँ शक्ति पार्टीका उम्मेदवार एक स्थानमा विजयी भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १४:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले चिरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज

बुटवल । राष्ट्रिय सभाको उपचुनावलगत्तै लुम्बिनी प्रदेश सरकार विस्तार गर्ने तयारी भएको छ । निर्वाचनपछि सरकार विस्तार गर्नको मुख्यमन्त्री लीला

ताजा समाचार

कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८