काठमाडौं । कोरोना भाइरसको महामारी अहिल सारा विश्वमा व्याप्त छ ।
अहिलेसम्म विश्वमा ४ करोड २४ लाख ८७ हजार ५१९ जनालाई संक्रमण भएको छ भने ११ लाख ४९ हजार २१२ जनाको मृत्यु भएको छ । त्यस्तै ३ करोड १४ लाख २३ हजार ३४३ जना संक्रमण मुक्त भएका छन् भने ९९ लाख १४ हजार ९६४ जनाको उपचार भईरहेको छ ।
यसैबीच यूरोपीय देशहरुमा कोरोना संक्रमणको दोश्रो लहर खतरनाक साबित भईरहेको छ ।

यसलाई मध्यनजर गर्दै बेल्जियम सरकारले दोश्रो चरणको लकडाउन घोषणा गरेको छ । त्यस्तै अमेरिकामा फेब्रुअरीसम्म पाँच लाखको मृत्यु हुनसक्ने आँकलन गरिएको छ ।
कोरोना फेरि शुरु भएपछि बेल्जियम सरकारले लकडाउन गर्न लागेको हो । सरकारले अस्पताललाई अलर्टमा बस्न आदेश दिएको छ ।
त्यस्तै उता अमेरिकामा भने नयाँ स्टडीका अनुसार फेब्रुअरीसम्म ५ लाख मानिसको ज्यान जानसक्ने बताइएको छ ।
यूनिभर्सिटी अफ वाशिंगटनका शोधकर्ताले गरेको अध्ययनमा यसलाई नियन्त्रण नगरे फेब्रुअरीसम्म ५ लाख ११ हजार मानिसको ज्यान जान सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया