काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई र सोही पार्टीका कार्यकारिणी सदस्य हिसिला यमीलाई कोरोना पुष्टि भएको छ ।
डाक्टरको सल्लाह अनुसार उनी दुवैजना होम आइसोलेशनमा छन् ।
जसपा नेपालले जिल्ला जिल्लामा गराएको पार्टी प्रवेश कार्यक्रम तथा काठमाडौंमा हालै दुइ दिनको कार्यकारिणी समितिको बैठक बसेको थियो ।
डा.भट्टराई प्राय कार्यक्रममा सहभागी थिए । उनीहरूलाई आशंका लागेपछि पिसिआर टेस्ट गराएपछि नतिजा पोजेटिभ आएको हो ।
यस्तै जसपाका अन्य नेताहरूको कोरोना संक्रमण देखिएको छ तर ती नेताहरूले पुष्टि गरिरहेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया