बर्दिया । जिल्लाको दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपी स्थापना गरिएको हो ।
शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति रहेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया