काठमाडों । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम विश्वमा ११ लाख ४९ हजार २१२ जनाको मृत्यु भएको छ भने ४ करोड २४ लाख ८७ हजार ५१९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३ करोड १४ लाख २३ हजार ३४३ जना संक्रमण मुक्त भएका छन् भने ७६ हजार ५३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख १७ हजार ९९२ जनाको मृत्यु भएको छ भने ७८ लाख १३ हजार ६६८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७० लाख १३ हजार ५६९ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ८२ हजार १०७ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा शुक्रवार मात्रै ५४ हजार २८ जनालाई संक्रमण भएको छ भने ६५६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया