मुम्बईसँग चेन्नईको लज्जास्पद हार, मुम्बई अंकतालिकाको शीर्ष स्थानमा

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४१ औँ म्याचमा हिजो मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्सलाई १० विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ११५ रनको टार्गेट दिएको थियो । जवाफमा मुम्बईले १२.२ ओभरमै बिना कुनै विकेट पूरा गर्यो ।

ईशान किशानले नट आउट ६८ रन बनाए भने क्विन्टन डिककले नटआउटले ४६ रन बनाएका थिए । आईपीएलमा चेन्नईले पहिलो पटक लीग राउण्डमा ८ म्याच हारेको छ ।

यो भन्दा पहिला २०१० र २०१२ मा ७७ म्याच हारेको थियो । चेन्नईको प्ले अफमा जाने सम्भावनालगभग सकिएको छ । मुम्बई भने जीतसँगै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?