सत्य,त्रेत्रा र द्वापर युगमा पनि अरुका श्रीमतीमाथि देवताहरुले आँखा लगाउँथे

कलियुगमा मात्र होइन, सत्य,त्रेत्रा,द्धापर युगमा पनि देवता,ऋषिमुनी,राक्षस र मानिसले अरुका श्रीमतीहरुमा आँखा लगाउँथे ।

धार्मिक ग्रन्थहरुमा यस्ता धेरै रहस्यहरु लेखिएको छ । केही कथाहरु छन् जसमा नारीमाथि भएका अत्याचारको वर्णन गरिएको छ । तर नारीमाथि अत्याचार गर्ने देवताहरुलाई पनि कठोर श्राप मिलेको छ ।

बृहस्पती देवताका तारा र शुभा नाम गरेका दुई पत्नी थिए । बृहस्पतीसँग शिक्षा लिने क्रममा चन्द्रदेवले तारालाई अपहरण गरेर लगेका थिए ।

पछि बहले हस्तक्षेप गरि बृहस्पतीलाई तारा फिर्ता गरेका थिए । ताराबाट बुधको जन्म भयो जो चन्द्रवंशी राजाको पुर्वज कहलिए ।

त्यस्तै जालन्धर नामका एक दानव थिए । जालान्धर शिवको तेजाबाट उत्पन्न शिवकै छोरा थिए । उनकी पत्नी वृन्दा थिइन् ।

वृन्दा पतिव्रता महिला थिइन् । उनको सतित्वका कारण जालन्धरले कैलासमा गएर दवी पार्वतीलाई पत्नी बनाउने प्रयासमा लाग्यो ।

जालान्धरको यो क्रिर्याकलापबाट पार्वती क्रोधित भईन् । महादेव जालान्धरसँग युद्धको लागि होमिए । तर वृन्दाको पतिधर्म व्रतको कारण महादेवले जालान्धरलाई हराउन सकेनन् ।

पछि देवताहरुकै योजना अनुसार विष्णु भगवानले बृन्दाको पतिव्रता धर्म नष्ट गरिदिए । त्यसपछि वृन्दाको पतिव्रता धर्म नष्ट भएपछि महादेवले जालान्धरलाई मारिदिए ।

विष्णुद्वारा सतीत्व भंग भएर आफ्ना पतिले मृत्युवरण गर्नुपरेको कुरा थाहा भएपछि वृन्दाले विष्णुलाई श्राप दिइन् ।

उनले विष्णुलाई झार हुनु परोस् , घाँस हुनु परोस् , रुख हुनु परोस् अनि ढुंगा हुनु परोस् भनी श्राप दिएकी थिइन् ।

फलतः विष्णुले पीपल, तुलसी, कुश र शालिग्राम बन्नुपरेको हो भन्ने कुरा देवी भागवत पुराणमा र स्कन्द पुराणअन्तर्गतको केदारखण्ड माघ महात्म्य अर्थात् स्वस्थानी व्रत कथामा बताइएको छ ।

सृष्टीकी सबैभन्दा सुन्दर नारी तथा व्रह्माजीकी मानस पुत्री अहल्याको विवाह महर्षि गौतमसँग भएको थियो ।

अहिल्याको विवाह गौतमसँग भएपछि ईन्द्र रिसाएर विवाह समारोहमा नै भनेका थिए, अहिल्यालाई पत्नी बनाउन नपाए पनि म उनीसँग यौनक्रिडा चाही कुनै पनि हालतमा गरी छाड्ने छु ।

एक दिन कुखुराको रुप धारण गरि ईन्द्र महर्षि गौतमको घर बाहिर कुखुराको आवाज निकाली कराउन थाले ।

महर्षि गौतमले प्रातकाल भएको ठानि स्नानको लागी गंगा नदि तिर गए । जब महर्षि गौतम आश्रमबाट गंगा नदीमा पुगे त्यही मौका छोपी ईन्द्र गौतम ऋषिको भेषमा नदीबाट नुहाएर फर्केझैँ गरी अहिल्या मात्र रहेको आश्रममा आइपुगे ।

अहिल्याले छक्क पर्दै भनिन् हे महर्षि देव त्यति टाढाको गंगा नदीमा पुगेर यती चाँडै कसरि फर्किनु भयो ।

उनको प्रश्नको जवाफ दिँदै महर्षि गौतमको भेषमा आएका देवराज ईन्द्रले भने म गंगा नदीमा नगएर गोदावरीमा नै स्नान गरेर आएँ ।

खै किन म आज तिमी प्रति अरू दिनको भन्दा निकै आकर्षित भएँ र आज पहिलो पल्ट प्रातः स्नान पछि अन्य नित्यकर्म भन्दा पनि तिमीसँग यौन क्रिडा गर्न मन लाग्यो ।

उनको यो भनाई सुनेर अहिल्याले छक्क पर्दै भनिन् हे महर्षि देव किन आज प्रातकालको नित्यकर्म नगरी यो सोच्नु भएको ।

यो सुनेर महर्षि गौतमको भेषमा आएका ईन्द्रले भने हैन मैले आज निकै शक्ति महशुस गरिरहेको छु, आज तिमी नाई नभन ।

श्रीमानले अनुरोध गर्दा एक श्रीमतीले नमान्ने कुरै भएन र अहिल्या तयार भइन् । अनि गौतम ऋषिको भेषमा आएका ईन्द्रले अहिल्यालाई सम्भोग गरे ।

सम्भोग क्रिया नसिकिँदै गंगा नदीमा स्नान गर्न गएका गौतम पनि आश्रममा टुप्लुकै आई पुगे । उनले ईन्द्र र अहिल्याबीचको यौन क्रिडा देखे ।

रामायणमा भनिए अनुसार गौतम ऋषिको भेषमा आएका ईन्द्रले अहिल्यासँग शारीरिक सम्बन्ध राखेपछि गौतमको भेष त्यागी ईन्द्रको भेषमा आईसकेका थिए ।

आफूसँग यौन सम्बन्ध राखिरहेको पुरुष आफ्नो पति गौतम ऋषि होइनन् भन्ने थाहा पाए पनि यौन क्रिडा चलिरहेकोले अहिल्याले खासै आपत्ति जनाईनन् ।

जब यौन क्रिडा चलिरहेको थियो त्यही बखत महर्षि गौतम आश्रममा आइ पुगेका थिए । आश्रममा भएको गतिविधी देखेर गौतम ऋषि अत्यन्त दुःखी र क्रुद्ध भए ।

अनी महर्षि गौतमले ईन्द्र र अहिल्या प्रति क्रुद्ध हुँदै दुबैलाई भयानक श्राप दिए । रामयणमा उल्लेख भए अनुसार गौतमले आफ्नो पत्नी अहिल्यालाई ढुङ्गामा परिणत गरिदिएका थिए ।

ईन्द्रलाई श्राप दिंदै भने हे देवराज ईन्द्र यदी तपाईलाई स्त्रीको भोग गर्न त्यती नै सौख छ भने तिम्रो शरीरमा एक हजार स्त्री यौनाङ्ग होउन भनि श्राप दिए ।

महर्षि गौतमको श्रापले अहिल्या उत्ति नै बेला ढुंगामा परिणत भइन् र ईन्द्रको शरिरमा एक हजार वटा योनीहरू बने ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?