प्रदेश सभामुख कोरोनामुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि आज कोरोना संक्रमण मुक्तभएका छन् । उनलाई गत असोज २३ गते संक्रमण पुष्टि भएको थियो ।

प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली कांग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई संक्रमण देखिएको मानिएको थियो ।

यसक्रममा सभामुख घर्ती, उपसभामुख कृष्णी थारु, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी।, भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेशसभामा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने, प्रदेशसभामा लेखा समितिका सभापति डिल्ली चौधरी, प्रदेशसभा सदस्य अष्टभुजा पाठकलगायतलाई संक्रमण देखिएको थियो ।

सङ्क्रमितमध्ये उपसभामुख थारु, आन्तरिक मामिलामन्त्री केसी, भौतिकमन्त्री चौधरी पनि कोरोनामुक्त भएका छन् ।

बर्दघाटका नगरप्रमुख पनि

परासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल पनि कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण भएको ११ औँ दिनमा आज गरिएको पिसीआर परीक्षणको क्रममा कोरोना रिर्पोट नेगेटिभ आएको प्रमुख बस्यालले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?