तुलसीपुर । दाङको लमही अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शुक्रबार पहिलो पटक शल्यक्रियामार्फत प्रसुति गराइएको छ ।
आज नगरपालिका ३ बनगाउँ निवासी २६ वर्षीया यसोधा केसीलाई सेवा प्रदान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा आकाश बेल्वासेले जानकारी दिए ।
नगरपालिकाका प्रमुख कुल बहादुर केसीले शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया