अपराध रोक्न कानूनी साक्षरता : मन्त्री तुम्बाहाङ्फे

तेह्रथुम । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताएकी छन्।

दशै मनाउन जन्मघर आएकी मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिएकी हुन् ।

उनका अनुसार सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा छ । उनले मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताइन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?