मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती

लोकपथ संवाददाता
56
Shares
sf7df8f}F, & sflQs . sf7df8f}Fsf] a;Gtk’/ b/af/l:yt xg’dfg9f]sfdf /x]sf] bz}+3/df z’qmaf/ km”nkftL leqfpFb} . cflZjg z’Sn ;KtdLsf lbg k”hfsf]7fdf pv’, xn]bf], s]/fsf] af]6, wfgsf] afnf, a]nkq, bfl/d czf]ssf] km”n / dfgj[If leqofOG5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

गण्डकी । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन परम्परालाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ । कोरोना महामारीको विद्यमान अवस्था एवम् प्रशासनको निर्देशनसमेतलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।

प्राचीन प्रचलनअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी९फूलपाती०का दिन मन्दिरका मगर पुजारीका व्यवस्थापनमा फूलपाती संकलनका लागि व्यक्ति खटाइने र उनीहरूले मन्दिर आसपासका बरमाझथर, बरधारापानी, बरपौवालगायत स्थानबाट फूलपाती ल्याउने प्रचलन छ । यसरी फूलपाती भित्र्याउँदा समाज एवम् राष्ट्रको कल्याण हुने जनविश्वास छ ।

देशका अन्य प्रमुख शक्तिपीठमा जस्तै कोटभैरव मन्दिरमा आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी धूमधामका साथ फूलपाती, महाष्टमी, कालरात्रि र महानवमीमा विशेष पूजाआजाका साथै विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहेको अध्यक्ष महतले जानकारी दिए । मन्दिरमा मगर पुजारीले सरसफाइ एवम् अन्य नियमित पूजाआजा तथा ब्राम्हण पुजारीले सप्तशती पाठ गर्छन् ।

कोरोना महामारीको विद्यमान अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष भने सामान्य रुपमा ऐतिहासिक परम्परालाई निरन्तरता मात्रै दिइएको बताउँदै उनले बाह्य रुपमा आउने दर्शनार्थीका लागि भने पूजाआजामा रोक लगाइएको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?