कोरोना संक्रमणबाट कर्मचारीको मृत्यु

दाङ । कोरोना संक्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दुधरास निवासी ५३ वर्षीय नायब हीराबहादुर डाँगी छन् ।

उनलाई यही कात्तिक ४ गते संक्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?