जहाँ हुनुहुन्छ त्यहिँ बसेर चाडपर्व मनाउनुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका छन् ।
महान पर्व वडा दशैंको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा प्रधनमन्त्री ओलीले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिदै दशैं मनाउन आग्रह गरेका छन् ।

चाडवाडहरु पर्व र उत्सव मात्रै नभएर सामाजिक प्रबन्धका आधार समेत भएकाले महामारीको बिचमा पनि संयमित भई चाडपर्व मनाउन देशवासीलाई आग्रह गरेका छन् । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिमा संक्रमण घातक हुन सक्ने भएकाले सचेत भई जो जहाँ छौँ त्यहिँ चाडपर्व मनाउन आग्रह गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा उपचारमा सरकार कर्तव्य विमुख हुन नखोजेको स्पस्ट पारेका छन् । विभिन्न माध्यममा कोरोना उपचारको विषयमा अनावश्यक अफवाहका आइरहको र त्यसको पछाडि नलाग्न समेत आग्रह गरेका छन् ।

लकडाउन भएदेखि अहिलेसम्म जनतालाई भयभीत बनाउने र थुप्रै अफवाह फैलाउने काम भइराखेको पनि प्रधानमन्त्री ओलीले बताए ।

महामारी विरुद्धको लडाईमा पक्ष र विपक्षको स्वार्थमा नलाग्न र दाउपेच नबनाउन समेत आग्रह गरे । सरकार कहिल्यैपनि कर्तव्यविमुख नहुने र जनताको स्वास्थ्यमा गम्भीर भएको पनि उनले बताए ।

कोभिड १९ संक्रमणमा परेका सबै नागरिकको यथोचित उपचारको व्यवस्था सरकारले गर्ने उनको भनाई छ ।

निजी अस्पतालमा कतिपयले उपचार गराई सरकारलाई सहयोग गरिराखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नसक्नेलाई सरकारले निःशुल्क उपचार गर्ने स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?