हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने देशबासीका नाममा सम्बोधन गर्ने क्रममा बताएका छन् ।

शुक्रवार देशबासीको नाममा सम्बोधन गर्दै उनले महामारीको बीचमा चाडपर्व मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको बताएका हुन् ।

प्रधानमन्त्रीले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सुझाव दिँदै लकडाउन भएयता थुप्रै अफवाह चलेपनि जनताको सकारात्मक सहयोगका कारण मृत्यु दर बढ्न नपाएको दावी पनि गरेका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?