पछिल्लो २४ घण्टामा नेपालमा कति जना भए संक्रमण मुक्त ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या नेपालमा १ लाख ५ हजार ४८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ६८.९ प्रतिशत हो ।

यसैबीच, बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ८६३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ हजार ९२ महिला र १ हजार ६२८ जना पुरुषसहित २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । यो कुल संक्रमितको ६८.९ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४६ हजार ६९१ रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ३ हजार ५९० जना रहेका छन् ।

यस्तै झापा, मोरङ, सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत गरि १५ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

त्यस्तै नेपालका ७७ वटा जिल्लामध्ये हालको अवस्थामा मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ८२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?