काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताएका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ९ को नयाँ भवन उद्घाटन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगरका ३२ वटै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउन लागिएको बताएका हुन् ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएको र पहिलो गुनासो सुन्ने निकाय समेत वडा कार्यालय भएकाले महत्वका साथ पूर्वाधार निर्माण भइराखेको बताए ।
उनले कुनै समस्या भए आफ्नो वडा कार्यालयमा निर्धक्क राख्न समेत नगरबासिहरुलाई आग्रह गरेका छन् । यस्तै कुनैपनि क्षेत्रमा विकासका कामहरु गर्न बाँकी रहेको वा गर्नुपर्ने भएपनि वडा कार्यालय मार्फत जानकारी गराउन समेत आग्रह गरेका छन् ।
सबै कामका लागि मेयर नै नचाहिने भएकाले वडा अध्यक्ष मार्फत आफ्ना समस्याहरु राख्न आग्रह गरे ।
महानगरभित्र पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी रहेको र ती कामहरुमा नगरबासिको सहयोगको अपेक्षा समेत गरे । महानगरबासीलाई सेवा सुविधा दिनका लागि पनि वडा कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने उनले बतए । त्यसैले पहिलो प्राथमिकतामा सबै वडा कार्यालयको भवनको निर्माणलाई राखिएको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया