दशैँको शुरुवाती साता शेयर परिसूचकमा उछाल आउँदा कारोबार रकम भने खुम्चियो

काठमाडौं । बडा दशैँ अगाडिको अन्तीम साता शेयर बजार परिसूचकमा वृद्धि देखिएको छ भने कारोबार रकम खुम्चिँदै गएको छ । यस साता नेप्सेले १६ सयको विन्दु पार गरेको छ भने यसै साता बजार पूजीँकरण पनि हालसम्मकै उच्च कायम भएको छ ।

यस साताको ५ कारोबार दिनमा पहिलो कारोबार दिन घटेको बजार बाँकि ४ कारोबार दिनहरुमा भने वृद्धि भएको थियो । ४ दिन बढेको बजारमा अन्तत परिसूचक १७.२२ अंकले उकालो लागेर १६०६.२६ अंकको विन्दुमा दशैं अगाडिको कारोबार समापन भएको छ ।

साताभरमा १ लाख ३ हजार ८ सय २० पटकको कारोबारमा २ करोड ४६ लाख ११ हजार २ सय ८ कित्ता शेयरको खरिदविक्रि भएको थियो ।
५ कारोबार दिनमा कूल ७ अर्ब १० करोड ७० लाख २४ हजार ३ सय ४६ रुपैयाँ २ पैसा बराबरको कारोबार भएको ।

नेप्से परिसूचक १७.२२ अंकले उकालो लागे पनि गत साताको तुलनामा कारोबार रकम १ अर्ब ९७ करोड ९३ लाख ८६ हजार १ सय ५३ रुपैयाँ ५५ पैसाले खुम्चिएको छ । गत साता ९ अर्ब ८ करोड ६४ लाख १० हजार ५ सय रुपैयाँ बराबारको कारोबार भएको थियो ।

नेप्से परिसूचकले १६ सयको विन्दु पार गर्दै गर्दा बजार पूँजीकरण हाल सम्मकै उच्च २१ खर्ब ४६ अर्ब १ करोड २७ लाख २८ हजार ७ सय ३६ रुपैयाँ ५ पैसा कायम भएको छ ।

कारोबार रकम खुम्चिदै गर्दा बजार पूँजीकरण भने ६३ अर्ब ४३ करोड १० लाख ३० हजार ९ सय २९ रुपैयाँ ५५ पैसाले वृद्धि भएको हो । गत साता नेप्सेको बजार पूँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड १६ लाख ९७ हजार ८ सय ६ रुपैयाँ ५ पैसा कायम भएको थियो ।

यस साताको शेयर कारोबारमा पहिलो कारोबार दिन शेयर बजार घटेको थियो भने अर्को ३ कारोबार दिन दोहोरो अंकले वृद्धि भएको थियो । अन्तीम कारोबार दिन भने नेप्सेले १६ सयको विन्दु पार गरेको थियो ।
कुन दिनको कारोबार कस्तो ?

 

आइतवार

नवरात्री शुरुभएको पहिलो कारोबार दिन पनि शेयर बजार ५.६६ अंकले ओरलो लागेको थियो । कारोबार रकम पनि खस्कदो अवस्थामा रहेको थियो भने सेन्सिटिभ परिसूचक पनि १.८१ अंकले ओरालो लागेको थियो । ०.३६ प्रतिशतले घटेको बजारमा नेप्से परिसुचक १५५६.८० अंकको विन्दुमा आइतबारको कारोबार बन्द भएको थियो । आइतबार कुल १ सय ८७ कम्पनीको १६ हजार ८ सय ४६ पटकको कारोबारमा ४३ लाख ५२ हजार १० कित्ता शेयर खरिदविक्रि हुँदा १ अर्ब २५ करोड २७ लाख ४८ हजार १ सय ८१ रुपैयाँ ३६ पैसा बराबरको शेयर कारोबार भएको थियो ।

सोमवार
सन् २०२०को अन्त्यसम्म डब्लु एच ओ ले भ्याकसीन उपलब्ध हुने समाचार आएसँगै सोमबार एशियाको प्रमुख शेयरबजारहरु उकालो लागेका थिए । त्यसैसमयमा शेयरबजार परिसूचक नेप्से पनि १३.५८ अंकले उकालो लाग्दै १५७०.३८ अंकको विन्दुमा बजार बन्द भएको थियो । दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेका थिए भने ५ कम्पनी मध्य ४ जलविद्युत कम्पनी रहेका थिए । सोमबार गनपति माइक्रोफाइनेन्सका लगानीकर्ताले सर्वाधिक १.९१ प्रतिशतले गुमाएका थिए । सोमबार १ सय ८९ कम्पनीको १५ हजार २ सय ९४ पटकको कारोबारमा ३२ लाख ६७ हजार ८ सय ६७ कित्ता शेयरको खरिद विक्रिहुँदा ९५ करोड ४६ लाख ५६ हजार १ सय ६ रुपैयाँ ९२ पैसा बराबरको कारोबार भएको थियो ।

मंगलवार
मंगलवार पनि शेयर बजार दोहोरो अंकले बढेको थियो । विश्व बजारमा बढिरहेको शेयर बजार नेपालमा पनि बढ्दो क्रममानै देखिएकोे थियो । मंगलवार शेयर बजार परिसूचक नेप्से १३.२२ अंकले उकालो लाग्दै १५८३.६१ अंकको विन्दुमा कारोबार बन्द भएको थियो । यस्तै सेन्सिटिभ इन्डेक्स पनि २.६५ अंकले उकालो लाग्दै ३१३.५५ अंकको विन्दुमा बजार बन्द भएको थियो । ०.८४ प्रतिशतले बढेको बजारमा सम्पूर्ण समुहको परिसूचक वृद्धि भएको थियो । कारोबारमा आएका १२ समुह मध्य १२ वटै समुहको परिसूचक बढेको थियो । मंगलवार १ सय ९३ कम्पनीको १८ हजार ८ सय ७० पटकको कारोबारमा ५० लाख २४ हजार ५० कित्ता शेयरको खरिद विक्रि हुँदा १ अर्ब २७ करोड १८ लाख २९ हजार ९ सय ९० रुपैयाँ ४२ पैसा बराबरको कारोबार भएको थियो ।

बुधवार
बुधबार शेयरबजार दोहोरो अंकले उकालो लागेको थियो । बुधवार सहित गत ३ कारोबार दिन नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको थियो । बुधवार शेयरबजार परिसुचक नेप्से १३.९४ अंकले उकालो लाग्दै १५९७.७२ अंकको विन्दुमा बुधबारको कारोबार बन्द भएको थियो । त्यस्तै सेन्सिटिभ इन्डेक्स पनि ३.१० अंकले वृद्धि भएको थियो । दोहोरो अंकले बढेको बजारमा ४ समुहको परिसुचक भने घटेको थियो । बाँकि ८ समुहको परिसुचक भने उकालो लागेका थिए । बुधवार पनि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेर ९.८४ प्रतिशतले वृद्धि भएको थियो । बुधबार १ सय ९२ कम्पनीको २२ हजार ४ सय ८२ पटकको कारोबारमा ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपैयाँ २६ पैसा बराबरको कारोबार भएको थियो ।

बिहिवार
साताको अन्तीम कारोबार दिन बिहिवार शेयर बजार बढेरै बन्द भएको थियोे । शेयर बजार परिसूचक नेप्से ८.५४ अंकले उकालो लाग्दै १६०६.२६ अंकमा बजार बन्द भएको थियो । ०.५३ प्रतिशतले बढेको बजारमा नेप्से सुचक पनि १६ सय को अंक पार गरेको थियो । यस्तै सेन्सिटिभ इन्डेक्स पनि १.९१ अंकले उकालो लाग्दै ३१८.५६ विन्दुमा बन्द भएको थियो । बढेको बजारमा ४ समुहको परिसूचक भने ओरालो लागेको थियो । बिहिवार १ सय ८७ कम्पनीको ३० हजार ३ सय २८ पटकको कारोबारमा ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय ९१ रुपैयाँ २४ पैसा बराबरको कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?