देशको सबैभन्दा ठूलो अन्तरदेशीय प्रसारण लाइनको निमार्ण सम्पन्न

काठमाडौं । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन अन्तर्गतको ढल्केबर सवस्टेशनको निर्माण कार्य पूरा भएको छ । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन भारतसँग विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण आयोजना हो ।

मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो उक्त सवस्टेसनको निर्माण पूरा भएको हो ।

ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन तयार भएर १३२ र २२० केभीमा चार्ज भए पनि पूर्ण क्षमतामा सञ्चालन हुन भने सकेको थिएन । दुई वर्षअघि २२० केभीमा चार्ज भए पनि बल्ल ४ सय केभीमा चार्ज हुनसक्ने गरी सवस्टेशन पूरा भएको छ ।

गत असारमै चार्ज गरिसक्ने लक्ष्य राखिए पनि लामो समयदेखि केरुङमा हाइभोल्टेज टेस्टिङ किट अड्किएको कारण परीक्षण चार्ज हुन सकेको थिएन । अहिले भने सम्पूर्ण कार्य सकिएको र तिहारसम्म टेस्टिङको पनि सबै काम पूरा हुने नेपाल विद्युत प्रधिकरणले जनाएको छ ।

उक्त आयोजना तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर सम्पन्न भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सिसिपिजीबीच २९ जेठ २०७१ मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार १५ महिनाभित्र सम्पन्न हुनुपर्ने भएपनि तोकिएको समयभन्दा तीन वर्ष ढिला गरी सवस्टेशन निर्माण सम्पन्न भएको हो ।

तर ठेकेदारले तोकिएअनुसारको काम नगरेपछि प्राधिकरणले सन् २०१७ को २२ सेप्टेम्बरमा ठेक्का सम्झौता रद्द गरेको थियो । सो सवस्टेशन निर्माणका लागि शुरुमा चिनियाँ ठेकेदार सिसिपिजीले लिएको थियो ।

नेपाल सरकार र प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण भएको ४००र२२० केभीको ढल्केबर सवस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सवस्टेशन हो । जसको करिब ९०० मेगावाट विद्युत प्रसारण गर्न क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?