आर्थिक वर्ष २०७६/७७ का लागि ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडि सारेको छ ।

१६ प्रतिशत लाभांश मध्य २ प्रतिशत क्यास डिभिडेन्ड रहेको छ भने बाँकि १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने तयारी रहेको छ ।
बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्तापूँजी २१.६३ अर्ब पुग्ने छ । गत आर्थिक वर्ष २०७५/७६मा ग्लोबल बैंकले १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत क्यास डिभिडेन्ड वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासीक विवरणसम्म ग्लोबल आइएमई बैंक लिमिटेडले ३.०८ अर्ब रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?