सेलिब्रेटीहरुको दशैँ ‘प्लान’ के छ ?

काठमाडौं – कोरोनाको महामारीकाबीच आएको दशैँको रौनकले नेपालीलाई खासै छुन सकेको छैन । त्यसैले यो वर्ष अघिल्ला वर्षजस्तो दशैँको रौनकता छैन । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको विषम परिस्थितीका कारण दशैँ खल्लो जस्तो छ । कोरोना महामारीको ‘प्रकोप’ नराम्ररी फैलिएको छ, नेपालमा ।

हुन त दशैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने, टिका लगाउने, मान्यजनसँगआशीर्वाद लिने, चङ्गा उडाउने, जमघट गर्ने नै हो ।

अझ  दशैँको बेलामा कलाकार बढी व्यस्त हुने गर्छन् । जतिसुकै व्यस्त हुँदा पनि कलाकारले दशैँका लागि आफ्नो समय छुट्याएका हुन्छन् । दशैँलाई सक्दो स्मरणीय बनाउने प्रयास गरिरहेका हुन्छन् । यसैबीच हामीले केही कलाकार तथा सेलिब्रेटीलाई दशैँ कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका थियौँः

पशुपति शर्मा, गायक

यसपालिको दशैँ परिवारसँग बसेर मनाउँछु । कोरोनाका कारण मामाघर ससुराली कतै जान्न । बच्चाबच्चीलाई सपिङ्ग गराउने प्लान छ । कोरोना महामारीले दैश नै थङथिलो भएको बेला यताउती हिँडेर जोखिम झनै बढ्छ । त्यसैले यसपलिको दशैँ घरमै मनाउने योजनामा छु र सम्पूण नैपालीहरुलाई दशैँको शुभकामना दिन चाहन्छु ।

केदार घिमिरे(माग्नेबुढा ) कलाकार 

यसपालि खासै दशैँ आएझै छैन । दशैँको त्यस्तो कुनै योजना छैन । घर परिवारसँग बस्छु ।अब कोरोनाका कारण लकडाउन भयो लकडाउनका कारण फिल्ममा पनि लकडाउन भयो अब फिल्ममा लकडाउन भएपछि पैशामा पनि लकडाउन भयो अब पैशामा लकडाउन भएपछि सपिङ्गमा पनि त लकडाउन नै हुने भै हाल्यो ।

प्रियंका कार्की, नायिका

यसपटकको दशैँमा आफ्नो परिवारसँग मनाउने योेजनामा छु । कोरोना महामारीका कारण घुम्न जाने पार्टीहरुको प्लान छैन यसपालि

मामाघर जान्छु, बाआमाको हातबाट टीका थापि आशीर्वाद लिएर लिने योजना छ । सपिङ्ग पनि खासै दशैँकै लागि भनेर गरेकी छैन र गर्ने कुनै प्लान छैन। ठूलाको हातबाट टिका थापी आशीर्वाद लिनु नै दशैँको महत्व होे म पनि त्यस्तै नै गर्छु । झन् यसवर्ष त दशैँमात्र नभई कोरोना पनि आएको छ । स्वास्थ्य मापदण्ड अपनाउँदै दशौ मनाउँछु र सम्र्पूण नेपालीहरुलाई पनि स्वास्थ्य मपदण्ड अपनाउदै दैशै मनाउन आग्रह गर्दछु ।

ॠचा शर्मा, नायिका

यसपटकको दशैँमा टीका छैन । काठमाडौंमै हुन्छु । दशैँको छुट्टै किसिमको महत्त्व हुन्छ । दशैँमा रमाइलो लाग्छ । तर, यसपटक चाहिँहामीले दशैँ मनाउँदैनौँ । मेरा सबै दर्शकलाई शुभकामना ।

बिपिन कार्की, नायक
कोरोना कहरबीचको यसपालिको दशैँमा घर जाँदैछु । विराटनगर गएर परिवारसँग बसेर मनाउने प्लान छ । आमाबुबाको हातबाट टिका जमरा लगाइ आशीर्वाद लिने सोच बनाएको छु । यो दशैँ परिवारसँग बिताउँछु ।

अन्य वर्षमा झैँ यो वर्ष मामाघर , घुम्न जाने साथिभाई जमघटको केहिपनि योजना छैन ।

अहिले मलाई दशैँमा नयाँ लगाउने भन्दा पनि आशीर्वाद चाहिँ महत्त्वपूर्ण लाग्छ । नेपाली अहिले त्यति खुशी आशीर्वाद नै सबै भन्दा ठुलो कुरा हो झैँ लाग्छ ।

बच्चामा दशैँको बढि महत्व हुन्थ्यो, चंगा उडाइन्थ्यो । अहिले त आकाशमा चंगा पनि एकदम कम देखिन्छ । सानो हुँदा दश बीस रुपैयाँ पाइन्थ्यो । लङ्गुर बुर्जा खेलिन्थ्यो । तर त्यस्तो अहिले छैन । दशैँको रौनकमा नै कम हुँदै गएको हो कि भन्ने लाग्छ मलाई । भ्यालेन्टाइनमा गिफ्ट दिने पार्टी गर्ने जमाना आयो । हामीले आफ्नो मौलिक परमपरालाई भुल्नु हुन्न झैँ लाग्छ ।

स्वस्तिमा खड्का, नायिका

ठूलोबाट टीका थापी आशीर्वाद लिएर र सानोलाई टीका लगाइ दिएर दशैँ मनाउने गर्छौ यसपटक चाहिँ कोरोना भयावह पनि छ । त्यसैले यसपालिको दशैँ चाहिँ केही फरक हुँदैछ । किनभने घरमै बस्छु ठूलोबाट टीका थापी आशीर्वाद लिन्छु । त्यै नै हो यस पालिको दशैँ । दशैँमा नयाँ कपडा लगाउने भन्ने भन्दापनि आशीर्वाद परिवारसँगको रमाइलोले धेरै महत्व राख्छ जस्तो लाग्छ ।

अर्जुन घिमिरे, कलाकार 

यसपालि त्यस्तो दशैँको कुनै पनि योजना छैन । स्वास्थ्य नै सबै भन्दा ठूलो धन भएकाले यसपालिलाई मैले दशैँलाई भन्दा पनि यो चाड पर्वको समयमा कसरी सुरक्षित बस्न सकिन्छ भन्ने कुरा सोचिरहेको छु । त्यसैले यसपलिको दशैँ घरमै मनाउने योजनामा छु र सम्र्पूण नैपालीहरुलाई दशैँको शुभकामना दिन चाहन्छु साथै स्वास्थ्य मपदण्ड अपनाउदै दशैँ मनाउन आग्रह गर्दछु।

बडा दशैँको शुभकामना ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?