१३ आश्विन २०८०, शनिवार

सात दिनमा रु तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

२०७४,आश्विन,११,बुधबार १०:२१

0
Shares

चितवन, ११ असोज (रासस)नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ ।असोज १ गतेबाट बैंकिङ कारोबार भएका सात दिनमा सो रकम बितरण गरिएको हो । बैंकका प्रबन्धक हेमराज मरहठ्ठाका अनुसार नोटको अभाव नभएकाले मागे जति रकम वितरण गरिएको बताए ।गत वर्षहरुमा दशैँको बेला नोटको अभाव हुने गर्दथ्यो । नोटकोषको जिम्मेवारी भएकाले जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाले यसै शाखाबाट नोट लैजाने गर्दछन् । मरहठ्ठाका अनुसार जिल्लाका अधिकांश सरकारी र गैरसरकारी कार्यालयका खाता यसै बैंकमा भएकाले उनीहरुमार्फत पनि ठूलो मात्रामा रकम बैंकबाट बाहिरिने गर्दछ ।जिल्लामा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले वाणिज्य बैंकबाट नोट लैजाने गर्दछन् । चाडपर्वको समयमा शिक्षकको तीन महिनाको तलबसहित दशैँ भत्ता र अन्य कर्मचारीको दशैँ भत्ता, तलब लगायतका सुविधा दिने हुँदा धेरै रकम एकै साथ बैंकबाट बाहिरिने गर्दछ ।यसैगरी सो शाखाले यही अवधिमा १४ करोड रुपैयाँ नयाँ नोट वितरण गरेको छ । जिल्लामा यही असोज २ गतेदेखि नयाँ नोट वितरण शुरु गरिएको थियो । मरहठ्ठाले यस वर्ष पर्याप्त मात्रामा नयाँ नोट वितरण गरिएको जानकारी दिए ।बैंकमा आउने कसैलाई पनि रित्तो हात नपठाइएको उहाँको भनाइ छ । गत वर्ष चितवनमा एक करोड ५० लाख रुपैयाँको मात्र नयाँ नोट आएपछि सर्वसाधरणले सहज रुपमा नयाँ नोट पाएका थिएनन् । तर यसपटक आवश्यक मात्रामा नयाँ नोट भित्रिएपछि ग्राहकले सहज रुपमा नयाँ नोट पाएका छन् ।राष्ट्रिय वाणिज्य बैंकका शाखा नारायणगढ, टाँडी, पर्साढाप, नवलपरासीको गैँडाकोट र कावासोतीबाट नयाँ नोट वितरण गरिएको थियो । बैंकले एक जनालाई अधिकतम १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट दिइएको मरहठ्ठाले जानकारी दिए । भरतपुर शाखाले दैनिक ७०० जनालाई नयाँ नोट वितरण गरिएको जानकारी दिएको छ ।राष्ट्रिय वाणिज्य बैंकले सय, ५०, २०, १० र ५ रुपैयाँका नयाँ नोट वितरण गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १०:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको कपन, सितापाइला

काठमाडौं । आगामी आईतबार नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालय कीर्तिपुुरमा सञ्चालनमा आएको छ । असोज १२ गते शुक्रबार (आज) बाट

काठमाडौं । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०