स्वयम्भूस्थित डेरामा बस्ने युवकको पोखरामा शंकास्पद मृत्यु

काठमाडौं । काठमाडौं स्वयम्भू स्थित डेरा गरि बस्ने एक युवकको पोखरामा शंकास्पद मृत्यु भएको छ।

भारतको आन्द्रा प्रदेश घर भई हाल स्वयम्भूमा कोठामा बस्ने २५ वर्षीय किशार कुमारको बिहीवार मृत्यु भएको हो ।

मनमोहन मेडिकल कलेज काठमाडौंमा अध्ययन गर्ने उनको हिजो राती अचानक मृत्यु भएको हो ।

साथीसँग पोखरा घुम्न गएका किशोर अचानक बिरामी भएपछि उनका साथीहरुले राती ११ बजे अस्पताल पुर्‍याएका थिए।

अस्पताल पुर्याएको ५ मिनेटमा नै डाक्टरले मृत घोषणा गरेको थियो । प्रहरुकिा अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नशालु पदार्थ सेवन गरेको खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?