दशैँको शुभकामनामा प्रधानमन्त्रीले प्रयोग गरे लिम्पियाधुराबिनाको नक्शा, कांग्रेसले भन्यो ‘सामान्य त्रुटी होइन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा बिनाको नेपाली नक्शा प्रयोग गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा दसैँको शुभकामना व्यक्त गर्ने क्रममा लिम्पियाधुरा नसमेटिएको नेपाली नक्शा प्रयोग गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दसैँको शुभकामना दिनका लागि प्रयोग भएको नेपालको नक्शामा नेपालको निशान छाप अंकित गरिएको छ तर उक्त छापमा रहेको नेपालको नक्शामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग भने नसमेटिएको पाइएको छ ।

प्रधानमन्त्री ओली स्वयंले लिम्पियाधुरा नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ?

उनले लेखेका छन्, ‘लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal गम्भीर विमती दर्ज होस् !

देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?