शुक्रवार डलर र यूरो घट्दा, पाउण्ड बढ्यो : कस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ ।

बिहिवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०४ पैसामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ९३ पैसा र विक्रिदर १३९ रुपैयाँ ६४ पैसा तोकेको छ ।

त्यस्तै बुधवार १ यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ १३ पैसा र विक्रिदर १३९ रुपैयाँ ८४ पैसा मा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लिङ १ को खरिददर १५३ रुपैयाँ ५९ पैसा रबिक्रीदर १५४ रुपैयाँ ३७ पैसा निर्धारण गरेको छ । बुधवार १ पाउन्डको खरिददर १५३ रुपैयाँ १५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको थियो ।

नेपाली मुद्रा बजरको सबैभन्दा महंगो मुद्रा कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३११ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१२ रुपैयाँ ८४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?