घरेलु मैदानमै नापोली स्तब्ध

काठमाडौं । इटालियन क्लब नापोली युरोपा लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ । बिहीवार राति भएको समूह चरणको पहिलो खेलमा नापोली डच क्लब एजेट अल्कमारसँग १-० ले पराजित भएको हो ।

नापोली घरेलु मैदानमै डच क्लबसँग स्तब्ध भएको हो । खेलको ५७ औं मिनेटमा डानी डी विटले गोल गरेका थिए । जितसँगै समूह एफको अल्कमारले ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?