काठमाडौं वा घना बस्ती भएका शहरबाट गाउँ जाँदै हुनुहुन्छ ? अपनाउनुहोस् यी सावधानी

काठमाडौं – कोरोनाको कहरका बीच हामी यसवर्षको बडादशैँ मनाउँदै छौँ । गत वर्ष माघ १० गते नेपालमा पहिलो ‘केस’ देखिएपछि हालसम्मको संक्रमितको अवस्था हेर्ने हो भने दिनानुदिन बढीरहेको छ । केहि पहिलेसम्म काठमाडौँ उपत्यकामा अन्य जिल्लाहरुबाट कोरोना आउँछ कि भन्ने आशंका उब्जिएको थियो । सरकारले केहि समय त विभिन्न नाकामा जाँच पड्ताल गर्ने व्यवस्था समेत गरेको थियो । तर हाल काठमाडौंबाट बाहिर जाने मानिसले पो कोरोना जोखिम लैजान्छन् कि ? भन्ने संशय उत्पन्न भएको छ । यो विषम परिस्थितीकाबीच महान् पर्व मनाईरहँदा हामीले ध्यान दिनुपर्ने कुरा धेरै छन् । यदि तपाई पनि काठमाडौं उपत्यका वा अन्य घना बस्ती भएका शहरबाट गाउँ फर्कँदै हुनुहुन्छ भने तपाईको लागि उपयोगी हुने केहि टिप्सहरु लोकपथले विज्ञसाग लिईएका अन्तर्वार्ता र स्वास्थ्य मन्त्रालयले बेलाबेलामा दिएको जानकारीबाट संकलन गरिएको छ ।

यात्राका दौरानमा होस् वा आफन्तको घरमा जाँदा

मास्कको अनिवार्य प्रयोग गर्नुहोस्

भौतिक दूरी अनिवार्य कायम गर्नुहोस्

नियमित रुपमा मिचिमिची हात धुने गरौँ यदी साबुनपानीको उपलब्धता नभएमा स्यानिटाइजरको प्रयोग गर्ने गरौँ ।

खोक्दा वा हाच्छ्यु गर्दा पनि मास्क नखोल्नुहोस् यदी मास्क छैन भने कुहिनाले मुख ढाक्नुहोस् ।

मानिसहरु कुराकानी, गफगाफ, हेलमेल धेरै हुँदा संक्रमण सर्न वा सारिन सक्ने भएको कारण यसपटक आमन्नेसामन्ने भन्दा पनि साईडमा दुरी कायम गरी बस्नुहोस् ।

हाम्रो आँखाले नदेखिने किसीमका सुक्ष्म भाइरस हावामा पनि हुन्छन् । ति जुनसुकै बेला हाम्रो श्वासप्रश्वासका माध्यमबाट शरीरमा प्रवेश गर्छन् । त्यसैले भिडभाडमा सर्जिकल मास्कको उचित प्रयोग गर्नुपर्छ ।

एटिएम जाँदा पनि निकै सावधानीपूर्वक उपकरणहरु छुनु चलाउनुपर्छ ।

फलफूल पसलमा गएर विभिन्न फलफूल छामछुम गर्ने नाप्ने जाँच्ने काममा धेरै समय लगाउनु हुँदैन । आफ्नो काम सकाएर छिटोछरितो भिडभाड नभएको स्थानमा जानुपर्छ ।

यदि सार्वजनिक सवारी प्रयोग गर्दै हुनुहुन्छ भने त्यसको ढोका सिटको छेउमा धेरै जनाले छोएको हुनसक्छ यस्ता सार्वजनिक वस्तुहरुको प्रयोग गर्दा हातमा ग्लोब्स लगाउने र अझ सचेत हुनुपर्छ । गाडीमा यात्रा गर्दा संक्रमण नभएको मान्छेलाई पनि संक्रमण सर्न सक्छ ।

यदी तपाईले भेट्न खोज्नुभएको मानिसमा जटिल किसीमको स्वास्थ्य समस्या छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति छन् भने, औषधी सेवन गरिरहेको व्यक्ति हो अथवा दिर्घ रोगी हुन्, भर्खरै अप्रेसन गरेका विरामी भए,ज्येष्ठ नागरिक भए अझै ख्याल गर्नुपर्छ । विश्वमा हालसम्म कोरोनाको कारण हुने मृत्युदर सबैभन्दा धेरै यो उमेर समुहमा छ।

यस्ता व्यक्तिहरुसँग कुरा गर्दा अझै सर्तक र सावधानी अपनाउनुपर्छ । यदि तपाईमा लक्षणबिनाको कोरोना भाइरस संक्रमण छ तर असर देखाएको छैन भने तपाईबाट कोरोना सरेर लक्षण देखिन थालेकाहरुमा अझै समस्या थपिन्छ । यसकारण तपाईमा लक्षण नदेखिकनै कोरोना भाइरस शरीरमा हुन सक्दछ ।

दशैँ तिहार जस्ता चाडबाडमा जुवा तास खेल्न चलन पुरानो हो तर यसपटक जुवातास खेल्नु भनेको संकटलाई निम्तो दिनु हो । यो क्रियाकलाप यसपटक नगर्नु नै बुद्धिमानी हुनेछ । जसरी ‘सोह्रश्राद भर्चुअल रुपमा गरियो त्यसरी नै सकेसम्म मानिसको भिडभाडविना नै चाडवाड मनाउनुपर्छ । लामो समयमा आफन्तसँग वा साथीभाईसाग भेट हुने हुँदा एकछिन भेला भएर के भो त रु भन्ने सोचाइ राख्नुभयो भने एकछिनले निम्त्याउने विपद् निकै घातक सिद्ध हुनसक्छ । तास खेल्दा तासमा थुक लगाउने र हो–हल्ला गर्ने चलन हुन्छ । यसो संक्रमणको जोखिम बढ्छ ।

केटाकेटीलाई धेरैजनाले एकैपटक टिका लगाईदिनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासबाट बाहिरीने थुकका छिटा बालबालिकाको मुखमा पर्न सक्छ । नजिकमा बसेर खाना खाने चलन पनि यो पटक बन्द नै गर्नुपर्छ । विज्ञहरु भन्छन् बरु ज्येष्ठ नागरिकलाई सम्मान दिने हो भने टिका लगाउन नजाऔँ । तर यो संस्कृतिसम्वत् नभएका कारण टिका ग्रहण गर्ने व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ ।

गाउँघरमा पूजापाठ गर्दा सबै जना एकैठाउँमा भेला हुँदा विभिनन समुदाय, स्थान र व्यक्रिसँग सम्पर्कमा आएका व्यक्रिहरु एकैठाउँमा भेला हुन्छन् । यसो गर्दा पनि कोरोनाको जोखिम बढ्छ ।

कोरोनको कारण लाखौँ मानिसले जयान गुमाएका छन् । करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसकारण सचेत भएर मात्रै चाडवाडलाई रिन्तरता दिऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?