काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वमा नै व्याप्त छ ।
नेपालसहित विश्वका २१५ वटा देशहरुमा यसको प्रकोप पुगिसकेको छ । भ्याक्सीन बन्ने क्रममा रहेपनि हालसम्म कुनै पनि भ्याक्सीन बनिसकेको छैन ।
यसैबीच वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमणको री इन्फेक्शनको केहि नयाँ केस साम्ने ल्याएका छन् ।
धेरैजसो मानिसहरु एक पटक कोरोना संक्रमण भएपछि फेरि नहुने भन्ने मानसिकतामा बसेका छन् ।
यस्तो सोचेर धेरै मानिसहरु लापरवाही गर्न थाल्छन् पनि । तर वैज्ञानिकहरु एक पटक निको भईसकेका संक्रमितहरु फेरि पनि संक्रमित बन्न सध्क्ने चेतावनी दिएका छन् ।
वैज्ञानिकका अनुसार कोरोना संक्रमण मुक्त भएका मानिसहरुमा पाँच महिनामा पनि एन्टीबडी कम भईरह्यो भने पुनः संक्रमण हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
री इन्फेक्शनको केस थाहा पाउन ९० वा १०० दिन लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया