हैदराबादसँग राजस्थान ८ विकेटले पराजित

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४० औँ म्याचमा हिजो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच खेल भएको थियो ।

जसमा टस हारेर ब्याटिङ गरेको राजस्थानले १५५ रनको टार्गेट दिएको थियो । जवाफमा हैदराबादले १८.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

मनिष पाण्डेले आईपीएलमा आफ्नो १८ औँ अर्धशतक प्रहार गरेका थिए ।

उनले नट आउट ८३ रनको पारी खेले । त्यस्तै विजय शंकरले पनि आफ्नो तेश्रो अर्धशतक प्रहार गर्दै नटआउट ५२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?