अमेरिकामा ह्वात्तै बढे कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ४२ हजार ६४२ जनाको मृत्यु भएको छ भने ४ करोड १९ लाख ७४ हजार १ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ११ लाख ८१ हजार ८०१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने विश्वमा ७५ हजार ५१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म २ लाख २८ हजार ३८१ जनाको मृत्यु भएको छ भने ८६ लाख ६१ हजार ६५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख ५५ हजार ३०१ जना संक्रमण मुक्त भएका छन् भने २७ लाख ७७ हजार ९६९ जना उपचाररत छन् ।

अमेरिकामा १५ हजार ९०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १७ हजार ८७८ जनाको मृत्यु भएको छ भने ८ लाख ९६ हजार २४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ८ लाख ९४ हजार ६०७ जनालाई संक्रमण भएको छ भने १७ हजार २६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा १६ हजार २७३ जनाको मृत्यु भएको छ भने ७ लाख ६८ हजार ९१ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बिहीवार मात्रै ७४ हजार ३०१ जना संक्रमित थपिएका छन् भने ९७३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?