भरतपुर । चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो ।
भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताइन् । उनले भनिन्, “उद्यमशीलताले मात्र परिवार र समाजलाई समृद्ध बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सीपमार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ ।”
रोजगार सिर्जना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उनले यस्ता योजना लिएर महानगरपालिका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताइन् । कार्यक्रममा वडा नं २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाई सीप सिकाइमा उपयोगी हुने बताइन् । समूहका अध्यक्ष एवं दिव्या शर्माले समूहको आयव्यय तथा समूहले गरेका गतिविधिहरूको बारेमा जानकारी गराएकी थिइन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया