काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी रहँदा यतिखेर चुनावअघिको अन्तिम बहसमा राष्ट्रपति ट्रम्प र उनका डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडन सहभागि भइरहेका छन्।
टेनेसी राज्यको नास्भिलमा जारी यो बहसको लागि तोकिएका बिषयमा कोभिड १९ विरूद्धको लडाई, अमेरिकी परिवार, जातीय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व छन्।
बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको शुरुमा भएको पहिलो राष्ट्रपतिय बहसपछि १६ हजार अमेरिकीको कोभिड १९ बाट ज्यान गुमाएकोबारे प्रश्न सोधेकी थिइन्।
महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले भनेस् ‘हामीसँग खोप छ। त्यो आउँदैछ। त्यो तयार भइसकेको छ। त्यो केही सातामै घोषणा हुँदैछ।’
महत्त्वपूर्ण बहस
यस बहस दुवैको चुनावी अभियानका लागि निकै प्रभावकारी हुनसक्ने ठानिएको छ।
२ सय जति मात्र मानिसहरू बसिरहेको बहस हलमा यसपटक आयोजकले त्यहाँ उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएका छन्।
बाइडनलाई सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि सोधिएको थियो।
कोरोनाभाइरसको साटो ब्यापार र अर्थतन्त्रलाई जोडेर बाइडनको जवाफ थियो म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु।
बहसअघि बाइडनका सल्लाहकारहरूले उनले उक्त कार्यक्रमलाई अमेरिकी जनतासँग सिधा कुरा गर्न प्रयोग गर्ने बताएका छन्।
ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उनलाई गल्ती गर्न दिनुपर्ने बताए।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया