हैदराबादलाई राजस्थानको १५५ रनको लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४० औँ म्याचमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बीच खेल भईरहेको छ ।

टस जितेर हैदराबादले बलिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६विकेट गुमाउँदै १५४ रन बनाएको छ । टुर्नामेण्टमा रहिराख्नका लागि दुबै टीमले आजको खेल जित्नै पर्ने दावाव छ । राजस्थान अंकतालिकाको छैटौँ र हैदराबाद सातौँ नम्बरमा छन् ।

राजस्थानले १० तथा हैदराबादले ९ म्याच खेलेका छन् । यो भन्दा अगाडिको म्याचमा राजस्थानले हैदराबादलाई ५ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?