दशैँको शुभकामना दिँदै पूर्वराजाले के भने ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको पावन अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । एक सन्देश जारी गर्दै पूर्वराजा शाहले सबै नेपालीमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका हुन्।

‘ विश्व मानव जगतले असहजता र कठिनाईको सामना गरिरहेको स्थितिमा नेपालीहरुको महान चाड विजया दशमीको आगमन भएको छ। हर्षोल्लासका साथ विजया दशमी बनाउन नसकिने अवस्था रहेपनि हामी देश भित्र र देश बाहिर बसेका समस्त नेपालीहरुमा सुख सुस्वास्थ्य शान्ति र सम्वृद्धिको लागि शुभकामना व्यक्त गर्दछौं।’उनको शुभकामना सन्देशमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?