रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको आज मृत्यु भएको छ । कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमले जानकारी दिए ।
कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।
यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कोरोना संक्रमणबाट नेपाली कांग्रेस रामग्राम नगरपालिका कार्य समितिका सभापतिको मृत्यु भएको छ । उनमा यही कात्तिक ४ गते नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि होम आइसोलेसनमा रहेका उनको आज मृत्यु भएको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया