छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना

काठमाडौं । गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।

उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा ९२२ प्रतिशत बलात्कारको घटना छ । यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको घटना भएको छ भने १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा ९३ प्रतिशत० बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् । साथै १८ वटा (१ प्रतिशत) मानव बेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुर्व्यवहार, ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटना भएको ओरेकले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?