सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख तिस हजार रूपैयाँ सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरिएको हो ।
बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्नेछ ।

उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?