९ जेष्ठ २०७९, सोमवार

सात दिनमा रु तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

२०७४,आश्विन,११,बुधबार १०:२१

0
Shares

चितवन, ११ असोज (रासस)नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ ।असोज १ गतेबाट बैंकिङ कारोबार भएका सात दिनमा सो रकम बितरण गरिएको हो । बैंकका प्रबन्धक हेमराज मरहठ्ठाका अनुसार नोटको अभाव नभएकाले मागे जति रकम वितरण गरिएको बताए ।गत वर्षहरुमा दशैँको बेला नोटको अभाव हुने गर्दथ्यो । नोटकोषको जिम्मेवारी भएकाले जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाले यसै शाखाबाट नोट लैजाने गर्दछन् । मरहठ्ठाका अनुसार जिल्लाका अधिकांश सरकारी र गैरसरकारी कार्यालयका खाता यसै बैंकमा भएकाले उनीहरुमार्फत पनि ठूलो मात्रामा रकम बैंकबाट बाहिरिने गर्दछ ।जिल्लामा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले वाणिज्य बैंकबाट नोट लैजाने गर्दछन् । चाडपर्वको समयमा शिक्षकको तीन महिनाको तलबसहित दशैँ भत्ता र अन्य कर्मचारीको दशैँ भत्ता, तलब लगायतका सुविधा दिने हुँदा धेरै रकम एकै साथ बैंकबाट बाहिरिने गर्दछ ।यसैगरी सो शाखाले यही अवधिमा १४ करोड रुपैयाँ नयाँ नोट वितरण गरेको छ । जिल्लामा यही असोज २ गतेदेखि नयाँ नोट वितरण शुरु गरिएको थियो । मरहठ्ठाले यस वर्ष पर्याप्त मात्रामा नयाँ नोट वितरण गरिएको जानकारी दिए ।बैंकमा आउने कसैलाई पनि रित्तो हात नपठाइएको उहाँको भनाइ छ । गत वर्ष चितवनमा एक करोड ५० लाख रुपैयाँको मात्र नयाँ नोट आएपछि सर्वसाधरणले सहज रुपमा नयाँ नोट पाएका थिएनन् । तर यसपटक आवश्यक मात्रामा नयाँ नोट भित्रिएपछि ग्राहकले सहज रुपमा नयाँ नोट पाएका छन् ।राष्ट्रिय वाणिज्य बैंकका शाखा नारायणगढ, टाँडी, पर्साढाप, नवलपरासीको गैँडाकोट र कावासोतीबाट नयाँ नोट वितरण गरिएको थियो । बैंकले एक जनालाई अधिकतम १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट दिइएको मरहठ्ठाले जानकारी दिए । भरतपुर शाखाले दैनिक ७०० जनालाई नयाँ नोट वितरण गरिएको जानकारी दिएको छ ।राष्ट्रिय वाणिज्य बैंकले सय, ५०, २०, १० र ५ रुपैयाँका नयाँ नोट वितरण गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १०:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज (जेठ ९ गते)देखि कावासोती नगरपालिका वडा नं.

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । भोलि (सोमबार) नेपाल राष्ट्र बैंकले पुनः २७ अर्ब २० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको

काठमाडौं । नबिल बैंक लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश

ताजा समाचार