काठमाडौं, ललितपुर र भक्तपुरसहित यी १५ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार २५५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका १५ जिल्ला

  • काठमाडौं
  • भक्तपुर
  • ललितपुर
  • झापा
  • मोरङ
  • सुनसरी
  • काभ्रेपलान्चोक
  • मकवानपुर
  • चितवन
  • कास्की
  • रुपन्देही
  • दाङ
  • बाँके
  • कैलाली
  • सुर्खेत

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । यो कुल संक्रमितको ६९.२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४४ हजार ८७७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ३१ हजार ५३८ जना र संस्थागत आईसोलेसनमा १३ हजार ३३९ जना छन् । तिमध्ये २९० जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ३ हजार ७५१ जना रहेका छन् ।

त्यस्तै नेपालका ७७ वटा जिल्लामध्ये हालको अवस्थामा मनाङमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ८१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (बुधवार) नेपालमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ९९६ जना संक्रमणमुक्त भएका थिए भने २६ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?